बागलुङ, २७ माघ– सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लि. बागलुङ शाखाले बीमितको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । बागलुङ नगरपालिका–११ रायडाँडाका मृतक चन्द्र बहादुर केसीको परिवारलाई मृत्यु दावी बापतको बीमा रकम हस्तान्तरण गरिएको हो ।
केसीको २०७९ कार्तिक २१ गते उपचारको क्रममा मृत्यु भएको थियो । उनको परिवारलाई उपचार खर्च, मुत्यु दाबी, काजक्रिया खर्च र बोनस गरी एकमुष्ठ २४ लाख ४१ हजार ३ सय १९ रुपैयाँ हस्तान्तरण गरिएको शाखा प्रमुख कमला शर्माले बताइन् ।
मृतक केसीकी श्रीमती पबिता केसीलाई रकम प्रदान गरिएको हो । बागलुङ नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको उपस्थितिमा मृतकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको थियो ।