१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

जैमिनी संस्कृत पाठशालाको स्तरवृद्वि गर्न महायज्ञ


जनमञ्च संवाददाता
  • २७ माघ २०७९ , शुक्रबार

  • जैमिनी संस्कृत पाठशालाको स्तरवृद्वि गर्न महायज्ञ

    बागलुङ, २७ माघ– जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर २ दमेकस्थित जैमिनी संस्कृत पाठशालाको स्तरबृद्धिका लागि महायज्ञ सञ्चालन हुने भएको छ ।
    बिद्यालय व्यवस्थापन समितिले सञ्चालन खर्च जुटाउन र स्तरबृद्धि गरिएको कक्षा सञ्चालनका लागि स्रोत जुटाउन महायज्ञ आयोजना गर्ने भएको हो । फागुन १ गतेदेखि ८ गतेसम्म श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गरिने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक सापकोटाले जानकारी दिए ।
    यसअघि यो बिद्यालय मन्दिरमा चढ्ने भेटी र दाताको सहयोगकै भरमा सञ्चालन हुँदै आएको थियो । दमेकमा रहेको हरिहर मन्दिर परिसरमा रहेको पाठशाला २०४९ सालयता दाताकै भरमा सञ्चालित रहेको सापकोटाले बताए ।
    कक्षा ७ सम्म पठनपाठन हुने पाठशालालाई आगामी शैक्षिकसत्रदेखि कक्षा ८ सम्म स्तरबृद्धि गर्न महायज्ञ आयोजना गरिएको हो । संस्कृत भाषा पठनपाठन हुने बिद्यालयबाट आधारभुत तह पास गर्न विद्यार्थीहरु पोखरा र चितवनका संस्कृत पाठशाला जानुपर्ने बाध्यता छ ।
    ‘कम्तिमा आधारभुत तह यही बिद्यालयबाट पास भएर जाने वातावरण बनाउन लागेका हौं’ सापकोटा भने ‘हामीसँग स्थायी स्रोत केही छैन्, सधैं दाताको भरपर्नुभन्दा एकैपटक यज्ञमा दान मागेर स्रोत जुटाउने प्रयासमा लागेका हौं ।’
    बिद्यालयले एक करोड ५० लाख रुपैयाँको अक्षयकोष बनाउने लक्ष राखेको छ । ‘महायज्ञबाट संकलित रकमबाट अक्षयकोष बनाउने योजनामा छौं’ सापकोटाले भने ‘अक्षयकोषको व्याज रकमले एकजना शिक्षक र दैनिक सञ्चालन खर्च जुटाउने लक्ष छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend