बागलुङ, २८ माघ– बागलुङ नगरपालिका–६ स्थित लहरेपिपल माविले बिभिन्न रचनात्मक कार्यक्रमसहित ६४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अबसरमा बिद्यालयले बिबिध खेलकुद, सांकृतिक तथा प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरेको थियो ।
माघ २४ गतेदेखि सुरु भएको बार्षिकोत्सव बिशेष कार्यक्रमहरुको शुक्रबार समापन गरिको छ । बिद्यालयले आसन्न एईई परीक्षालाई लक्षित गरेर ‘एसईई परीक्षा बिषेश’ हाजिरजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा बागलुङ नगरपालिकाका सामुदायीक र संस्थागत गरी १७ मावि सहभागि थिए । कक्षा १० को पाठ्यक्रममा आधारित हाजिरजवाफ प्रतियोगिता गरी एसईई परीक्षाको तयारीमा रहेका बिद्यार्थीलाई सहयोग पुगेको बिद्यालयका प्रअ कृष्ण प्रसाद सुवेदीले बताए ।
शुक्रबार बार्षिकोत्सव समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले सामुदायीक बिद्यालयहरुले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । उनले शिक्षाको सुधारका लागि नगरपालिकाले पर्याप्त प्रयास गरिरहेको भन्दै बिद्यालयहरु जिम्मेबार बन्नुपर्नेमा जोड दिए ।
बिद्यालयले पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज सापकोटालाई सम्मान गरेको थियो । बिद्यालयको व्यवस्थापन र भौतिक संरचना निर्माणमा योगदान पूर्याएको भन्दै सापकोटालाई सम्मान गरिएको हो ।
त्यस्तै, बिद्यालयले बर्षभरि उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकहरु शोभा केसी, पुण्य प्रसाद शर्मा, मञ्जु थापा र लाल बहादुर थापालाई सम्मान गरेको छ ।
कार्यक्रममा बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल, वडा अध्यक्ष रुद्र केसी, शिक्षक सोभा केसीले बोलेका थिए । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर कार्कीको अध्यक्षता, शिक्षक संगिता जिसीको स्वागत र दिपा तिवारी र श्यामप्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।