१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

रघुगंगाको पात्लेखर्कमा खेलमैदान निर्माण


जनमञ्च संवाददाता
  • २८ माघ २०७९ , शनिबार

  • रघुगंगाको पात्लेखर्कमा खेलमैदान निर्माण

    म्याग्दी, २८ माघ– जिल्लाको रघुगंगा गाउँपालिका वडा नं. ८ कुइनेमंगलेको दुर्गम बस्ती पात्लेखर्कमा खेलमैदान निर्माण भएको छ । स्थानीय सप्तऋषि युवा क्लबले रघुगंगा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो ।
    चालु आर्थिक वर्ष २०७९÷८० मा रघुगंगाले विनियोजन गरेको १० लाख बजेटमा जनश्रमदानसमेत जुटाएर भलिबल र बास्केटबलको कोर्ट ढलान गरी खेलमैदान निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष अंकित पुनमगरले जानकारी दिए ।
    ‘कच्ची खेलमैदानलाई ढलान गरी तयार गरेका हौँ, अब भलिबल र बास्केटबल खेल्न सहज भएको छ’, पुनले भने । खेलमैदान तयार भएपछि अभ्यास गर्न सहज भएको सप्तऋषि युवा क्लबका अध्यक्ष विवश फगामीले बताए । ‘बालबालिकादेखि युवामा रहेको खेल प्रतिभाको विकास गराउन सहज भएका छ’, फगामीले भने ।
    तीस परिवारको बसोबास रहेको पात्लेखर्कमा निर्माण गरिएको खेलमैदानलाई नजिकैको जनसुन्दर आधारभूत विद्यालयले समेत प्रयोग गर्नसक्ने क्लबले जनाएको छ । खेलमैदानमा घेरबारसमेत गरिएको छ । खेलकुद प्रतियोगिता र स्थानीयस्तरमा मेला सञ्चालनका लागि स्टेज निर्माण गर्ने तयारी छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend