१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

ठाडो भाकामा ‘दरमखोला’


जनमञ्च संवाददाता
  • २८ माघ २०७९ , शनिबार

  • ठाडो भाकामा ‘दरमखोला’

    बागलुङ, २८ माघ– मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रबार सार्वजनिक भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो ।
    सार्वजनिक भएको केही घण्टामै गीतको ‘म्युजिक भिडियो’ले युट्युबमा ४० हजार बढी ‘भ्यूज’ पाएको छ । गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका हुन् । संगीत रचना गायक थापा आफैँले गरेका छन् ।
    ठेट शब्द, मनछुने भाका र स्वरका कारण गीतले दर्शक÷श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ । ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो ।
    पहिलेपहिले मेलापात र रोधीघरमा ठाडो भाका गुञ्जने गथ्र्यो । पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ । संगीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका संकटमा परेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend