तस्बिर : राजेन्द्र आचार्यको फेसबुकबाट
बागलुङ, २८ माघ– नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको सभापतिमा जगन्नाथ आचार्य सर्वसम्मत चयन भएका छन् । शुक्रबारदेखि शुरु भएको ३३ औँ अधिवेशनबाट आचार्यको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको हो ।
अधिवेसनबाट महिला उपसभापतिमा सीता शर्मा, उपसभापतिमा राजेन्द्र आचार्य, मन्त्रीमा भवानी प्रसाद कँडेल, कोषाध्यक्षमा जीवननाथ शर्मा रेग्मी, उपमन्त्रीमा ढालेन्द्र गौतम, उप–कोषाध्यक्षमा तेज प्रसाद शर्मा, सदस्यहरुमा कृष्णप्रसाद आचार्य, गोविन्द प्रसाद पौडेल, तेजेन्द्र आचार्य, पूर्णभद्र निउरे, माया पाण्डे रेग्मी, यामदत्त कँडेल, शोभाकर सुवेदी, धनमाया खड्काथोकी, माया कुमारी केसी र त्रिकला थापा चयन भएका छन् ।
रेडक्रसको शाखा सभापतिका लागि जव्वरबहादुर लामिछाने र जगन्नाथ आचार्यको उम्मेदवारी परेको थियो । लामो समयको प्रयासपछि आचार्यको नेतृत्वमा सर्वसम्मत समिति चयन गर्न भएको नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका महामन्त्री तथा निर्वाचन अधिकारी रामदक्त पौडेलले जानकारी दिए ।