१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

स्थानीय पाठ्यक्रमको तयारीमा जुट्दै कुनपा


जनमञ्च संवाददाता
  • २९ माघ २०७९ , आइतबार

  • स्थानीय पाठ्यक्रमको तयारीमा जुट्दै कुनपा

    पर्वत, २९ माघ– जिल्लाको कुश्मा नगरपालिकाले पहिलोपटक स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियाको थालनी गरेको छ । सरोकारवालालाई भेला गरेर उनीहरूबाट लिएका सुझावका आधारमा पाठ्यक्रम तयार पार्ने पहिलो चरणको काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
    ‘स्थानीय पाठ्यक्रमले समेट्नुपर्ने विषय, ज्ञान, सीप, अवधारणा तथा वस्तुगत स्थितिबारे पाठ्यक्रम विज्ञ, जनप्रतिनिधि र कर्मचारीबाट सुझाव लिएका छौँ’ शिक्षा शाखा प्रमुख विष्णु प्रसाद तिवारीले भने, ‘नयाँ शैक्षिक सत्रमा कक्षा एकदेखि तीनसम्मको पाठ्यपुस्तक विद्यार्थीको हात– हातमा पुग्छन् ।’
    बजेटको अभावदेखि छोटो समयावधिका कारण नयाँ शैक्षिक सत्रमा कक्षा आठसम्म लागू गर्न नसकिने तिवारीको भनाई छ । शैक्षिक सत्र २०८१ मा भने कक्षा आठसम्म नै पाठ्यक्रम लागू गर्ने नगरपालिकाको योजना छ । तिवारीका अनुसार, पाठ्यक्रमको प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालालाई राखेर मस्यौदामाथि छलफल गराइने छ ।
    छलफलमा आएका सुझावका आधारमा संशोधन गरेपछि पाठ्यपुस्तक लेख्ने काम सुरु गरिने शिक्षा अधिकृत दीपक सुवेदीले बताए । ‘नगरपालिकामा आधारभूत तहमा करिब दुई हजार पाँच सय विद्यार्थी छन् । उनीहरूले आउँदो वैशाखबाट क्रमिक रूपमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक अध्ययन गर्ने मौका पाउने छन्’ सुवेदीले भने ।
    नगरप्रमुख रामचन्द्र जोशीले पाठयक्रम, भाषा विज्ञ, प्राविधिक तथा शैक्षिक क्षेत्रका अनुभवी व्यक्तिमार्फत पाठ्यक्रमको प्रारुप तयार पार्न गृहकार्य अगाडि बढाएको बताए । स्थानीय पाठ्यक्रम कर्मकाण्डी नभई व्यवहारिक र जीवनउपयोगी बनाउने योजना रहेको नगरप्रमुख जोशीले सुनाए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend