१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

महाशिवरात्रीमा १० देशका २५ बढी कलाकार बागलुङ आउँदै


जनमञ्च संवाददाता
  • २९ माघ २०७९ , आइतबार

  • महाशिवरात्रीमा १० देशका २५ बढी कलाकार बागलुङ आउँदै

    बागलुङ, २८ माघ– महाशिवरात्रीका दिन दश देशका कलाकार बागलुङ आउने भएका छन् । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ बागलुङले विदेशी कलाकारलाई बागलुङमा ल्याउने भएको हो ।
    महाशिवरात्रीमा धार्मिक सांस्कृतिक कार्यक्रम प्रस्तुुतका लागि १० देशबाट २५ जनाभन्दा बढी विदेशी कलाकार बागलुङ आउन थालेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ बागलुङका प्रमुख अच्युत दास (प्रदीप भण्डारी)ले जानकारी दिए । कलाकारसँगै रसियन आर्मी अफिसर प्रो. डा. इगोर ओभलोङकोभ पनि बागलुङ आउने छन् ।
    महाशिवरात्री नेपाली हिन्दूहरुको ठूलो पर्वका रुपमा रहेको भन्दै यसको महत्व, मौलिकतालाई जोगाउन र विदेशमा पनि बढी प्रचार प्रसार गर्न विदेशी कलाकारलाई बागलुङ ल्याउन लागेको दासले बताए ।
    कला, संस्कृति तथा धार्मिक परम्परालाई संरक्षण गरी प्रवद्र्धन गर्न संघले धार्मिक कार्यक्रम गर्दै आएको छ । शिवरात्रीका दिन स्थानीय कलाकारले पनि धार्मिक सांस्कृतिक नृत्य तथा अन्य अभिनय प्रदर्शन गर्ने संघले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend