१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

मिलन केन्द्रद्धारा नवआगन्तुक ३ कार्यालय प्रमुखलाई स्वागत


जनमञ्च संवाददाता
  • २९ माघ २०७९ , आइतबार

  • मिलन केन्द्रद्धारा नवआगन्तुक ३ कार्यालय प्रमुखलाई स्वागत

    बागलुङ, २९ माघ–कर्मचारी मिलन केन्द्र बागलुङले जिल्लामा नवआगन्तुक ३ जना कार्यालय प्रमुखलाई स्वागत गरेको छ ।
    केन्द्रले प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, योगेन्द्र कुमार खड्का र जनस्वास्थ्य प्रमुख प्रविण शर्मालाई स्वागत गरेको हो । तीनै जना कार्यालय प्रमुखलाई मिलन केन्द्रका अध्यक्ष कुस्मराज उपाध्यायले अबिर र खादा लगाएर स्वागत गरेका थिए ।
    स्वागत समारोहमा बोल्दै जिल्ला अदालतका न्यायाधिस डा. दिवाकर भट्टले जिल्लाको बस्तुस्थितीबारे जानकारी गराउँदै ऐन नियम र कानुनबमोजिम कुशलतापुर्वक आफ्नो कार्यभार सम्हाल्न आग्रह गरेका थिए ।
    नवआगन्तुक प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा र जनतालाई सुशासनको प्रत्याभूती गराउन आफु प्रतिबद्ध रहेको बताइन् । त्यस्तै, प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्का र जनस्वास्थ्य प्रमुख प्रविण शर्माले सबैसंग सहकार्य गर्दै कुशलतापुर्वक कार्यसम्पादन गर्ने प्रतिवद्वता जनाएका थिए ।
    कार्यक्रम केन्द्रका अध्यक्ष कुश्मराज उपाध्यायको अध्यक्षता, साल्ट्र टेडिङ कर्पोरेशन बागलुङका प्रमुख मनोज कुमार श्रेष्ठको स्वागत र सदस्य घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend