बागलुङ, १ फागुन– राष्ट्रिय जनमोर्चाको नगर समिति बागलुङको भेलाले थानेश्वर सुवेदीको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा राम बहादुर खड्का, सचिवमा बिष्णु अधिकारी, कोषाध्यक्षमा मुमादेवी शर्मा, सहसचिवमा शोभाखर शर्मा, सदस्यहरुमा खेम बहादुर थापा, इन्द्र बहादुर थापा, चुरा बहादुर हरिजन बिक, प्रकाश पौडेल, तुलबिर श्रीस, लक्ष्मीदत्त आचार्य, राम बहादुर रोका, पविन्द्र मल्ल, भिम बहादुर मल्ल, रीता खत्री कार्की र टेक बहादुर आरसी रहेका छन् ।
भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा, उपाध्यक्ष धर्मबहादुर कुँवर, अखिल नेपाल बुद्धिजिवी संघका काजीगाउँले श्रेष्ठ, जनमोर्चाका जिल्ला सदस्य ढुण्डीराज शर्मा र आशा केसीले मन्तव्य व्यक्त गरेका थिए ।
भेला नगर अध्यक्ष थानेश्वर सुवेदीको अध्यक्षता, योगेन्द्र पौडेलको स्वागत र टेकबहादुर आरसीको संचालनमा सम्पन्न भएको थियो ।