१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

रिटर्नी फेडेरेसन बागलुङ गठन


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०७९ , सोमबार

  • रिटर्नी फेडेरेसन बागलुङ गठन

    बागलुङ, १ फागुन– नेकपा एमालेका नेता तथा कार्यकर्ताको एक भेलाले रिटर्नी फेडेरेसन बागलुङ गठन गरेको छ ।
    नेकपा एमालेका केन्द्रिय सदस्य डा. सुर्य पाठकको बिशेष उपस्थितीमा सम्पन्न भेलाले केशव बहादुर जिसीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो ।
    कमिटिको उपाध्यक्षमा जिवन थापा र मेखबहादुर जिसी, सचिव श्रीकृष्ण पाठक, कोषाध्यक्ष भवानी शंकर आचार्य, सहसचिवमा योगेस अधिकारी र बिष्णुबहादुर खड्कालगायत २५ सदस्यीय समिति गठन गरिएको छ ।
    समितिको सल्लाहकार संयोजकमा रुद्रबहादुर महतलाई चयन गरिएको छ । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, पुर्व अध्यक्ष जनकराज पौडेल र सल्लाहकार नवराज पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रम नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य तथा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सदस्य शिव प्रसाद सापकोटाको अध्यक्षता र डिल बहादुर कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend