बागलुङ, १ फागुन– नेपाल मगर बिद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस इकाई समितिले लखन स्मृति दिवस बिभिन्न कार्यक्रमका साथ मनाउन थालेको छ । नेपालका प्रथम शहिद लखन थापाको १ सय ४६ औ स्मृति दिवस बिविध कार्यक्रम गरि मनाउन शुरु गरेको हो ।
फागुन १ गतेदेखि त्रिदिवसीय कार्यक्रमका साथ प्रथम शहिद थापाको स्मृति दिवस मनाउन शुरु गरिएको इकाई समितिले जनाएको छ । खेलकुद तथा साँस्कृतिक कार्यक्रम अन्तरगत पुरुष बास्केट बल, महिला÷ पुरुष भलिवल, सामुहिक नृत्य, बादविवादका कार्यक्रम रहेको र बास्केटबल र भलिवलको खेल शुरु भएको इकाई अध्यक्ष कृष्ण अठारे मगरले बताए ।
खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै संघका केन्द्रिय उपाध्यक्ष बिष्णु आले मगरले सरकारले गर्नुपर्ने कार्यक्रम संघले गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रम नेपाल मगर बिद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष कृष्ण अठारे मगरको अध्यक्षता र इकाई सचिव मोतीप्रसाद पुनको संचालनमा सम्पन्न भएको थियो ।