१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

स्थानीय मुद्दामा बागलुङका पालिकाबीच सहकार्य


जनमञ्च संवाददाता
  • २ फाल्गुन २०७९ , मंगलबार

  • स्थानीय मुद्दामा बागलुङका पालिकाबीच सहकार्य

    बागलुङ, २ फागुन– जिल्लाका स्थानीय तहले साझा मुद्दामा एकीकृत कार्यक्रम र योजना बनाएर लगानी गर्दै काम गर्ने भएका छन् । भौगोलिक रूपमा जुनसुकै पालिकाभित्र परेपनि जिल्लाको महत्व राख्ने योजनामा साझा कार्यक्रम बनाउने जनप्रतिनिधिले निर्णय गरेका छन् ।
    पालिकाले ल्याएका योजनामा चरणबद्ध बैठक राख्दै लगानीका स्रोत खोज्ने निर्णय गरेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
    मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको स्तरोन्नति, बलेवा एयरपोर्ट र बागलुङ बसपार्क सञ्चालन, पर्यटकीय गन्तव्यको सूचीकरणजस्ता विषयमा साझा एजेन्डा बनाएर अगाडि बढ्ने निर्णय भएको श्रेष्ठले बताए । ‘पहिलो चरणको बैठक बसेर झन्डै ३ दर्जन साझा योजनामा छलफल गरेका छौं’ श्रेष्ठले भने ।
    कतिपय कृषि तथा व्यावसायिक उत्पादनको ब्रान्डिङ तथा बजारीकरणमा पनि साझा लगानी र योजना बनाएर काम गर्ने श्रेष्ठले बताए । फोहोरमैला व्यवस्थापनका लागि २ वा सोभन्दा बढी नगरपालिका वा गाउँपालिका मिलेर वातावरणमैत्री विसर्जनको काम गर्ने र ‘फोहोरको मोहोर’ बनाउने विषय उनीहरूको एजेन्डामा समावेश छ ।
    मध्यपहाडी लोकमार्गलाई द्रुत बनाउन काठेखोलाको अक्षेतेदेखि गलकोटको नरेठाँटीसम्म सुरुङ निर्माणका लागि दक्ष प्राविधिकसहितको अध्ययन टोली झिकाउन साझा कार्यक्रम बनेको छ । आलु उत्पादनमा अब्बल ताराखोला, बडिगाड, ढोरपाटनलगायत पालिकाको साझा योजना भएमा भण्डारण केन्द्र निर्माण, बजारीकरण जस्ता काममा एउटै योजना बनाउन सकिने बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend