१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

जलजलाका ६ वटा वडा कार्यालयको भवन निर्माण सुरु


जनमञ्च संवाददाता
  • ५ फाल्गुन २०७९ , शुक्रबार

  • जलजलाका ६ वटा वडा कार्यालयको भवन निर्माण सुरु

    म्याग्दी, ५ फागुन– पर्वतको जलजला गाउँपालिकाले ६ वटा वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । संघीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण सुरु भएको हो ।
    जलजालका बाँसखर्क,, फट्केढुंगा, लेकफाँट, शालिजा, धाइरिङ र बनौको भवन निर्माण सुरु भएको गाउँपालिकाका इञ्जिनीयर सुनिल बानियाँले जानकारी दिए । एक तला र चार कोठा हुने भवनको काम चालु आर्थिक वर्षभित्रमै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
    कूल ४ करोड ३३ लाख १७ हजार रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि जयलक्ष्मी–अभिनव जेभी बागलुङले तीन करोड २६ लाख सात हजार पाँच सय ५१ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । २०७९ पुस १२ गते ठेक्का सम्झौता भएको भवन निर्माणकार्य २०८० असार ३० मा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
    गाउँपालिकाका कार्यबाहक अध्यक्ष दीपक आचार्यले निर्माण कम्पनीले निर्माणस्थलमा जग्गा सम्याएर संरचना बनाउन थालेको बताए । ‘गतवर्ष सुरु भएको वडा नं २ र ८ को भवन निर्माण यसैवर्ष सकिँदैछ, वडा नं ३ को आफ्नै भवन छ’ आचार्यले भने, ‘६ नयाँ भवन बनेपछि हाम्रो पालिकाको नौ वटै वडा आफ्नै भवनबाट सञ्चालन हुनेछन् ।’
    नयाँ भवनमा वडाध्यक्ष, सचिव, जनप्रतिनिधिको कार्यकक्ष र सभाहल हुनेछन् । गत माघ ४ गते भएको १३ औँ गाउँसभाले लामाखेतमा गाउँपालिकाको कार्यालय सञ्चालनका लागि अस्थायी संरचना बनाउन तीस लाख बजेट विनियोजन गर्दै जग्गा अध्ययनसम्बन्धी कार्यदल समेत गठन गरिसकेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend