१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

गाउँलेको सक्रियतामा बालविकास केन्द्र सञ्चालन


जनमञ्च संवाददाता
  • ७ फाल्गुन २०७९ , आइतबार

  • गाउँलेको सक्रियतामा बालविकास केन्द्र सञ्चालन

    तस्बिर गुगलबाट

    बागलुङ, ७ फागुन– जिल्लाको जैमिनी नगरपालिका दमेकका अभिभावकले चन्दा उठाएर बालविकास केन्द्र सञ्चालन गरेका छन् । दमेकको काउले, चौडिल्ला गाउँका अभिभावकले बालबालिकाको सहजताका लागि चन्दा संकलन गरेर बालविकास केन्द्र सञ्चालनमा ल्याएका हुन् ।
    काउले चौडिल्लामा २०६२ सालमा गैरसरकारी संस्था सेतोगुराँस बाल विकासले स्थापना गरेको केन्द्र जैमिनी नगरपालिकाले तीन वर्षअघि सुन्तलाचौर माविमा स्थानान्तरण गरेको थियो । गाउँ नजिक बालविकास केन्द्र नहुँदा असहज भएको भन्दै गाउँले मिलेर ‘नमूना बाल विकास केन्द्र’ सञ्चालन गरिएको स्थानीय अभिभावक धनबहादुर जिसीले जानकारी दिए ।
    गाउँलेले आफ्नै स्रोतमा एकजना बालविकास सहजकर्ता नियुक्त गरेका छन् । ‘बालविकासमा बालबालिकाको संख्या कम हुँदा सुन्तलाचौरमा स्थानान्तरण गरियो’, जिसीले भने, ‘स्थानान्तरणको समयमा चार जना मात्रै बालबालिका थिए, अहिले संख्या बढेर आठ जना पुगेको छ, तर बालविकास केन्द्र छैन ।’
    स्थानान्तरणको समयमा बाल विकास केन्द्रका लागि आवश्यक बालबालिकाको संख्या पुगेमा यथावत रहनेगरी स्थानान्तरणको पत्र नगरपालिकाले थमाएको थियो । शैक्षिक सत्र सकिनै लाग्दासमेत बालविकास केन्द्र पुनः सञ्चालनमा आउन नसकेपछि अभिभावककै सक्रियतामा बाल विकास केन्द्र सञ्चालनमा ल्याएको जिसीले बताए ।
    नगरपालिकाले काउले, चौडिल्लामा बाल विकास केन्द्र पुनस्थापनाको लागि तयारी भइरहेको जनाएको छ । ‘त्यो बेला नमूनामा विद्यार्थी थिएनन, सुन्तलाचौरमा विद्यार्थी थिए तर बाल विकास थिएन, त्यसैले स्थानान्तरण गरियो’, नगर शिक्षा अधिकारी खेम आचार्यले भने, ‘वडाले बालविकास सहजकर्ता माग गरेर सिफारिस पठाएको छ, छिट्टै पठाउँछौँ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend