१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

नगरस्तरीय राष्ट्रपति कप रुनिङ शिल्ड शुरु


जनमञ्च संवाददाता
  • ७ फाल्गुन २०७९ , आइतबार

  • नगरस्तरीय राष्ट्रपति कप रुनिङ शिल्ड शुरु

    बागलुङ, ७ फागुन– बागलुङ नगरपालिकाको आयोजनामा ५ औं राष्ट्रपति कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।
    आइतबार नगरप्रमुख बसन्तकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै आजका युवा बिदेश पलायन हुनुपर्ने अवस्था अन्त्यका लागि खेलको बिकास महत्वपूर्ण आधार भएको बताए । उनले बागलुङ नगरलाई खेलको गन्तव्य बनाउने र खेलबाटै युवाहरुले भविष्य देख्ने अबस्था सिर्जना गर्न प्रतियोगिताहरु आवस्यक भएको बताए ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिद्यार्थी जीवनमा अनुशासनको महत्व बढाउन खेल क्षेत्र आवस्यक भएको बताइन् । उनले खेलकुदलाई मानव जीवनको महत्वपूर्ण अंग बनाउन सकेमा आम नागरिकमा अनुशासनको बिकास हुने समेत धारणा राखिन् ।
    आइतबारबाट शुरु भएको खेलको पहिलो चरणमा छात्रछात्रा तर्फको १ हजार ५ सय मीटर दौड प्रतियोगिता सम्पन्न भएको छ । जसअन्र्तगत आदर्श बिद्यामन्दिरका अनुप घर्तीक्षेत्री प्रथम, सिगाना माबि तित्याङका रबि बिक द्वितिय, गणेश माबिका हरि रोका तृतिय र अमर आदर्श माबिका रिनम परियार सान्त्वना भएका थिए ।
    छात्रातर्फको १ हजार ५ सय मीटर दौडमा बिद्यामन्दिर माबिकी ज्ञानुदेवी रोका प्रथम भइन् । त्रिभूवन माबि पैयुँपाटाकी सम्झना पौडेल द्वितिय, जनताधन माबिकी अनुषा पौडेल तृतिय र सिद्धार्थ शिक्षा सदनकी एन्जिला लिम्बु सान्त्वना भइन् ।
    आइतबारै शुरु भएको भलिबल प्रतियोगितामा पृथ्वी हिरण्य माबि र अमरआदर्श माबि दोश्रो चरणमा प्रवेश गरेका छन् । पृथ्वी हिरण्यले रुद्रेपिपललाई २५–१४ र २५–१० को सोझो सेटमा पराजित गरेको हो । दोश्रो खेलमा अमर आदर्शले महाविद्याजन माबि रायडाँडालाई २७–२५ र २५–२१ को सेटमा पराजित ग¥यो ।
    उत्कृष्ट ¥याली प्रर्दशन गरेको भन्दै रुद्रेपिपल माबि र चिल्ड्रेन लाइफ माबि तथा उत्कृष्ट मार्च पास गरेको भन्दै लहरेपिपल माबि र सिद्धार्थ शिक्षा सदनलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा आइटिएफ र डब्लु टिएफ तेक्वान्दोका खेलाडीले प्याटन खेल प्रस्तुत गरेका थिए भने विभिन्न बिद्यालयका कलाकारले नृत्य प्रस्तुत गरे ।
    खेलका लागि आएका प्रत्येक खेलाडीलाई खाजास्वरुप प्रतिविद्यार्थी १ सय रुपैयाँको दरले खाजाको व्यवस्थापन भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । खेलबाट बाहिरिएको बाहेक अद्यावधिक भएको खेलाडीलाई उक्त रकम दिइनेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend