बागलुङ, ८ फागुन– पुष्पाञ्जली ग्रामिण विकास केन्द्र बागलुङको अध्यक्षमा राजु गौतम सर्वसम्मत रुपमा चयन भएका छन् । केन्द्रको अधिवेशनले गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिती चयन गरेको हो ।
समितिको उपाध्यक्षमा खिमबहादुर सुनार ‘मधु’, सचिवमा विमल शर्मा, सहसचिवमा मिना भण्डारी ‘जुना’ र कोषाध्यक्षमा विष्णु थापा चयन भएको संस्थापक अध्यक्ष प्रेम केसीले जानकारी दिए ।
समितिको सदस्यहरुमा सागर विक, शंकर विक, लक्ष्मी आले, अमृत पौडेल र गणेश पौडेल रहेका छन् । केन्द्रले खेलकुद, कलाको विकास, संरक्षण र प्रर्वद्धनको लागि विगत ४१ सालदेखि महाशिवरात्री मेला आयोजना गर्दै आएको छ ।