१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

वर्षा र हिमपात नहुँदा पशुलाई चरन अभाव


जनमञ्च संवाददाता
  • ९ फाल्गुन २०७९ , मंगलबार

  • वर्षा र हिमपात नहुँदा पशुलाई चरन अभाव

    म्याग्दी, ९ फागुन– विगत छ महिनादेखि वर्षा र हिमाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीको बेँसीदेखि उच्च लेकाली क्षेत्रमा पालिएका पशुलाई चरनको अभाव भएको छ । लामो खडेरी र सुक्खाका कारण लेक तथा खर्कमा घाँस नउम्रेपछि पशुपालक कृषकलाई समस्या उत्पन्न भएको हो ।
    लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहानसमेत सुक्न थालेका छन् । वर्षा नहुँदा कृषकलाई घाँसकोसमेत समस्या हुन थालेको हो । वन, खर्क र खोलामा आश्रित भएका पशुपालक कृषक अहिले हिउँदे वर्षा नहुँदा समस्यामा परेका हुन् ।
    आफूले पालेका गाईभैँसी लगायतका अन्य पशु चौपायालाई कसरी पाल्ने भन्ने चिन्तामा कृषक रहेको मालिका गाउँपालिका वडा नं. ५ देविस्थानका पशुपालक कृषक डेकबहादुर बूढाले बताए । उनका अनुसार यसवर्ष हिउँदे वर्षा नहुँदा घाँस पलाउन सकेको छैन ।
    घाँस नपलाउँदा घाँसको अभावमा कृषकलाई अब कसरी गाईभैँसी र भेडाबाख्रा पाल्ने भन्ने चिन्ताले सताएको बुढाले गुनासो गरे । दिनभर वनजंगलमा लगेर छाड्ने र रातमा गोठमा बाँधेर गाईभैँसी पाल्दै आएका कृषक सबैभन्दा बढी समस्यामा परेका छन् ।
    हिउँदको अन्तिम र गर्मीको सुरुआतसँगै चरण क्षेत्रमा घाँस पलाउने गरेको भएपनि यसवर्ष गत असोज महिनापछि पानी परेको छैन । ‘हिमपात भएर चिस्यान बढेसँगै सामान्यता माघको दोस्रो साताबाट खर्कमा घाँस पलाउन सुरु हुन्छ । यसवर्ष भने हिउँदे वर्षा नहुँदा घाँस पलाउन सकेको छैन’ बुढाले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend