१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

चिल्ड्रेन लाईफको २३ औं बार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम


जनमञ्च संवाददाता
  • ९ फाल्गुन २०७९ , मंगलबार

  • चिल्ड्रेन लाईफको २३ औं बार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम

    बागलुङ, ९ फागुन– चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुल बागलुङको २३ औं बार्षिकोत्सवअन्तर्गत आइतबारदेखि सप्ताहव्यापी कार्यक्रमहरु सुरु भएका छन् । विद्यालयले आइतबारदेखि शुक्रबारसम्म बिबिध खेलकुद तथा रचनात्मक कार्यक्रमहरुको आयोजना गरी बार्षिकोत्सव मनाउन लागेको हो ।
    विद्यार्थीको क्षमता विकास, अभिभावकको विद्यालयप्रतिको चासोमा विकास र शिक्षक कर्मचारीको क्रियाशिलता विकास हुने खालका कार्यक्रमहरु आयोजना गरिएको बिद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठले बताए । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको विद्यालयले सबै कार्यक्रमहरु विद्यालय परिसरमा नै गर्ने जनाएको छ ।
    बार्षिकोत्सवअन्तर्गत आईतबार माध्यामिक तह ११ र १२ का विद्यार्थीका बीचमा लङजम्प र निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएका छन् । आधारभूत तह र कक्षा ९ मा उच्चारण प्रतियोगिता, प्रावि तहमा छात्र फुटवल प्रतियोगिता र प्रावि तह कक्षा १–३ मा हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको श्रेष्ठले बताए । पूर्व प्राथमिक तहका विद्यार्थीहरु बीचमा समेत बिबिध खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend