१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

बाढीले बगरमा परिणत जमिनको कर तिर्दै बगरफाँटवासी


जनमञ्च संवाददाता
  • १० फाल्गुन २०७९ , बुधबार

  • बाढीले बगरमा परिणत जमिनको कर तिर्दै बगरफाँटवासी

    प्रतिकात्मक तस्बिर
    म्याग्दी, १० फागुन– जिल्लाको बेनीनगरपालिका वडा नम्बर २ बगरफाँटका स्थानीयले २२ वर्षदेखि म्याग्दी नदी बगरको मालपोत कार्यालयलाई कर तिर्दै आएका छन् । २०५७ देखि म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयले कर तिर्दै आएका हुन् ।
    म्याग्दी नदीको कटानले बगरफाँटको ३६ रोपनी जमिन बगरमा परिणत भएको छ । बेनी नगरपालिका विरौटाको अहिले नामोनिसान नभएपनि जग्गाधनी पूर्जा कामयमै रहेकाले हुँदै नभएको जग्गाको कर तिर्न बाध्य भएको ओमबहादुर थापाले बताए ।
    थापाका अनुसार, स्थानीय हीराबहादुर घिमिरे, भक्तबहादुर घिमिरे, ओमबहादुर थापा, कृष्ण बहादुर थापालगागत आठ जनाले मालपोत कर तिर्दै आएका छन् । ‘जग्गाधनी प्रमाणपूर्जामा हाम्रो नाममा छ, बर्सेनि मालपोत कर तिर्दै आएका छौंँ, तर हाम्रै जग्गाको नदीजन्य पदार्थ प्रयोग गर्न पाउँदैनौंँ, हामीमाथि अन्याय भएको छ’ थापाले भने ।
    २०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले सो जमिन बगाएको थियो । त्यसयता जग्गाधनीले नियमित रुपमा मालपोत कर तिर्दै आएको जिल्ला मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णबहादुर कार्कीले जानकारी दिए ।
    कार्कीले जग्गा बगरमा परिणत भएपनि जग्गाधनी प्रमाणपत्रमा जग्गा कायमै रहेको देखिएकाले कर तिर्दै आएको बताए । स्थानीयवासीले जग्गालाई सार्वजनिक जग्गामा दर्ता गरी मालपोत कर कट्टा गर्न आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend