१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

प्रदेश संरचनाबिना संघीयताको मर्म पुरा हुँदैन : मुख्यमन्त्री अधिकारी


जनमञ्च संवाददाता
  • ११ फाल्गुन २०७९ , बिहिबार

  • प्रदेश संरचनाबिना संघीयताको मर्म पुरा हुँदैन : मुख्यमन्त्री अधिकारी

    बागलुङ, ११ फागुन– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्न आम्दानी र पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन् । प्रदेश संरचनाबिना संघीयताको मर्म पुरा नहुने भन्दै प्रदेशको औचित्य पुष्टि गर्न आफ्नो आम्दानी र बिकास निर्माणमा हुने खर्चमा प्रदेश सरकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।
    प्रदेश सरकारले संविधानले तोकेका अधिकारसमेत प्रयोग गर्न नपाउँदा नजिकको सरकार भएर पनि जनतालाई सुविधा दिन नसकेको अधिकारीले बताए । संघीय सरकारले एकल अधिकार प्रयोगमा प्रदेश सरकारलाई अंकुश लगाउने र साझा अधिकार प्रयोगमा संघीय सरकारकै उपस्थिती बढी हुँदा प्रदेशले सोचेजस्तो काम गर्न नसकेको उनको भनाई थियो ।
    बिहिबार नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अधिकारीले निजामती कर्मचारी, प्रहरी र बित्तिय अधिकारसहितका अधिकारहरु कार्यान्वयन गर्न प्रदेश सरकारले पाउनुपर्ने बताए । उनले संघीय सरकारका कारण प्रदेश सरकार अस्थिर बन्ने वातावरण बन्न नहुनेमा जोड दिए ।
    ‘संघीय सरकारमा हलचल आउँदा प्रदेशमा पनि प्रभाव पर्छ, संघीयतामा यस्तो नहुनपर्ने हो’ अधिकारीले राष्ट्रिय राजनीतिलाई संकेत गर्दै भने ‘सरकार अस्थिर बन्ने वातावरण प्रदेशले अधिकार नपाउँदा बन्ने गरेको छ ।’ अधिकारीले आँफु सत्तामा हुँदा र सत्ता बाहिर रहँदा जहिले पनि प्रदेश बलियो बनाउनुपर्नेमा जोड दिने गरेको बताए । उनले संघीयता जोगाउन प्रदेश संरचना बलियो बनाउने सबैको एजेण्डा हुनुपर्नेमा जोड दिए ।
    मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारले जहिले पनि जनताको नजिकमा रहेर उनीहरुकै हितमा काम गरिरहेको भन्दै प्रदेश सरकार माताहातका कार्यालय र संरचनालाई बलियो बनाउन आँफु क्रियाशिल रहेको बताए ।
    बागलुङमा बिबादित बनेको कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाले प्रयोग गरेको भवनको बिषयलाई लिएर किसानको ज्ञापनपत्रदेखि संसदमा समेत आवाज उठेको भन्दै अधिकारीले उपयुक्त बिकल्पका बिषयमा छलफल गर्ने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend