८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

६ स्रष्टालाई रत्न श्रेष्ठ पुरस्कार


कोपीला कँडेल
  • १२ फाल्गुन २०७९ , शुक्रबार

  • ६ स्रष्टालाई रत्न श्रेष्ठ पुरस्कार

    बागलुङ, १२ फागुन– रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले यसबर्ष ६ जना लेखक तथ साहित्यकारलाई पुरस्कृत गरेको छ । गुठीले प्राज्ञ प्रेम छोटाकी स्व. माता रत्न श्रेष्ठको १ सय १५ औँ दिनको पुण्यतिथी तथा ४६ औँ स्मृति दिवसको अवसर पारेर बिहिबार ६ जना स्रष्टालाई पुरस्कृत गरेको हो ।
    संस्थाले रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट पाल्पा निवासी ‘कृष्ण’ उपन्यासका लेखक डा. शंकरप्रसाद गैरेलाई नगद ५० हजार, रत्न श्रेष्ठ प्रादेशिक पुरस्कारबाट सुर्यनाथ सापकोटा र सरोजराज पन्तलाई जनही १२ हजारसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।
    त्यस्तै, धौलागिरि प्रतिभा पुरस्कारबाट म्याग्दीका कृष्ण बानियाँलाई १५ हजार, जगतचन्द्र राष्ट्रिय पुरस्कारबाट ललितपुर निवासी रुकु कार्कीलाई २५ हजार र गुरु गणेश बिष्णु स्मृति पुरस्कारबाट त्रिपुरेश्वर महादेश मन्दिर परमानन्द सन्यास आश्रम बिहुँ रामकोटका उत्कृष्ट छात्र शुभम पन्तलाई ८ हजारसहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो ।
    कार्यक्रममा गुरु गणेश स्मृति कोषका संस्थापक संरक्षक भरत कुमार श्रेष्ठ, सम्मानित व्याक्तित्व डा. शंकर प्रसाद गैरे, रुकु कार्की कृष्ण बानियाँ र म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    गुठीका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाको अध्यक्षता, प्रबन्ध समिति सदस्य देबबहादुर श्रेष्ठको स्वागत र सचिव महेशचन्द्र प्रधानको संचालनमा सम्पन्न भएको कार्यक्रममा सम्मानित व्यक्तित्व तथा कृतिको टिप्पणी धौलागिरी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक हरिप्रसाद पाण्डेले गरेका थिए । पुरस्कारका लागि प्राप्त ३० वटा बिभिन्न बिद्याका कृतिबाट ६ जना लेखकलाई छनौट गरि पुरस्कार प्रदान गरिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend