बागलुङ, १२ फागुन– स्थापना दिवसमा नेपाल मगर युवा संघ बागलुङले फागुन १२ देखि १५ गतेसम्म पालिका स्तरीय महिला तथा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।
शहिद लखन थापाको सम्मान स्वरुप मगर संघको ४१ औं स्थापना दिवसमा दोस्रो लखनकप भलिबल तथा विभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गरिएको नेपाल मगर युवा संघका उपाध्यक्ष प्रकाश थापा मगरले जानकारी दिए ।
थापामगरका अनुसार, पालिकास्तरीय महिला भलिबको विजेताले २५ हजार, उपविजेताले १५ हजार, खुल्ला वडास्तरीय पुरुष भलिबलको विजेताले ८१ हजार १ सय ८१, उपविजेताले ४१ हजार १ सय ४१ र सान्त्वना हुने दुई टोलीले १०÷१० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यस्तै, स्थापना दिवसमा आयोजित सामूहिक खुल्ला लोकनृत्य प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समूहले क्रमशः १० हजार, ७ हजार र ४ हजार पुरस्कार प्राप्त गर्नेछन् ।