बागलुङ, १३ फागुन– भैरव मावि भकुण्डेको ६८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेशसभा उपप्रमुख बिना कुमारी थापाले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा सबैले ध्यान दिनुपर्ने बताइन् ।
ब्यवहारिक र बैज्ञानिक शिक्षा अहिलेको आवश्यकता रहेको चर्चा गर्दै उपसभामुख थापाले शिक्षण संस्थाले बिदेश पलायन नभै स्वदेशमै खपत हुने खालको शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
गण्डकी प्रदेशका सांसद दिपेन्द्र बहादुर थापा, संबिधानसभा सदस्य नरबहादुर थापा, नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधी नविनचन्द्र सेर्वुजा र बिद्यालयका पुर्व प्रधानाध्यापक बिष्णुप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यालयका प्रअ किसान प्रसाद सापकोटाले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भकूण्डेका वडाध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका सदस्य दिल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक देवी कुमारी थापाले स्वागत र संचालन खगेन्द्र थापाले गरेका थिए ।