१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : सदाशिवको उद्घाटन, देउरालीको शिलान्यास


जनमञ्च संवाददाता
  • १६ फाल्गुन २०७९ , मंगलबार

  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : सदाशिवको उद्घाटन, देउरालीको शिलान्यास

    बागलुङ, १६ फागुन– सदाशिव प्राथमिक विद्यालय बागलुङ नगरपालिका–६ भान्सको नवनिर्मित भवन उद्घाटन गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण भएको भवनको पूर्व शिक्षामन्त्री तथा बागलुङ क्षत्र नं. २ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले उद्घाटन गरे ।
    कार्यक्रमअन्र्तगत प्राप्त भएको १८ लाख रुपैयाँ र विद्यालयको आन्तरीक स्रोत एक लाख रुपैयाँ गरी १९ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको थियो । एक बर्षअघि निर्माण सुरु भएको तीनकोठे भवन निर्माण सम्पन्न भएसँगै प्रयोगमा ल्याउन थालिएको छ । भवनको उद्घाटन गर्दै पौडेलले युग सुहाउँदो शिक्षा आवश्यक रहेको जोड दिए । नेपालको शिक्षा क्षेत्रलाई व्यवहारिक र जीवन उपायोगी बनाउनुपर्ने भन्दै पौडेलले त्यसका लागि सरकारले शिक्षा नीतिमै स्पष्ट व्यवस्था गर्नुपर्ने बताए ।
    भवन उद्घाटन कार्यक्रमको अबसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटाको परिवारले आफ्ना बुवा अगन्धर सापकोटाको स्मृतिमा स्थापना गरेको ‘अगन्धर सापकोटा स्मृति अक्षयकोष’बाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।
    गत वर्षको वार्षिक परीक्षामा विद्यालयमा सर्वोत्कृष्ट अंक ल्याउने दुई जना छात्र, दुई छात्रा, विपन्न छात्र÷छात्रा गरी ६ जनालाई जनही १ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान गरिएको हो । कक्षा युकेजीमा अध्ययन गर्ने छात्रा स्वीकृति सापकोले छात्रवृत्तिबाट प्राप्त गरेको रकम विद्यालयको अतिरिक्त क्रियाकलाको लागि सहयोग गरेकी छन् ।
    २०४८ सालमा स्थापना भएको सदाशिवमा ६५ जना विद्यार्थीहरु अध्ययनरत छन् । शिक्षक र कर्मचारी ९ जना रहेको यस विद्यालयमा व्यवस्थापन समितिका सबै सदस्यहरुले आफना छोराछोरीहरु यसै विद्यालयमा पढाउने गरेका छन् ।
    कार्यक्रमा बागलुङ नगरपालिका नगर उपप्रमुख राजु खड्का, बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, वडा अध्यक्ष रुद्र केसी लगाएतले बोलेका थिए । कार्यक्रम विव्यसका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता, विद्यालयका सल्लाहकार गोविन्द आचार्यको स्वागत र प्रधानाध्यापक लक्ष्मण सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।


    यसैबीच, देउराली प्रावि बागलुङ नगरपालिका–४ ओडारचौरले चारकोठे नयाँ भवन निर्माण थालेको छ । राष्ट्रपति शैक्षीक सुधार कार्यक्रमअन्र्तगत निर्माण थालिएको भवनको सोमबार पूर्व शिक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले शिलान्याश गरे ।
    आगामी असार मसान्तभित्रै निर्माण सक्नेगरी भवन निर्माण थालिएको हो । नेपाल सरकारको ५० लाख रुपैयाँ अनुदानमा भवन बन्ने शिक्षक उमाकान्त शर्माले बताए ।
    भवन शिलान्याश गर्दै पौडेलले पूर्वाधार सुविधासम्पन्न भएर मात्रै शिक्षा क्षेत्रको सुधार नहुने धारणा राखे । उनले सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधारमा काम गरिरहेको बताए ।
    कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शैक्षिक सुधारका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने बताए । बिष्णु कुमारी शर्माको अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा बागलुङ नगरपालिका–४ का अध्यक्ष कुमार बिक्रम क्षेत्रीले स्वागत र विद्यालयका शिक्षक उमाकान्त शर्माले सञ्चालन गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend