१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

‘योजना निर्माण गर्दा अपांगमैत्री बनाऔं’


जनमञ्च संवाददाता
  • १६ फाल्गुन २०७९ , मंगलबार

  • ‘योजना निर्माण गर्दा अपांगमैत्री बनाऔं’

    बागलुङ, १६ फागुन– राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशले प्रदेशका स्थानीय तहका जनप्रतिनिधिलाइृ अपांगता, समावेशी र बिकास योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम थालेको छ ।
    पहिलो चरणमा महासंघले बागलुङमा धौलागिरि क्षेत्रका बिभिन्न पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र समावेशी हेर्ने शाखाका प्रमुख समेतलाई अभिमुखीकरण गराएको हो ।
    सोमबार भएको अभिमुखीकरणमा अपांगतालाई कसरी समेट्ने, योजना निर्माणमा अपांगता भएका व्यक्तिहरुको अपनत्व कसरी बिकास गर्ने भन्ने बिषयमा प्रस्तुतीकरण गरिएको थियो । त्यस्तै अपांगको परिभाषा, अवधारणा, मोडल, स्थानीय तहको योजना तर्जुमा सम्बन्धी बिद्यमान कानूनी प्रावधान तथा अपांगता समावेशी योजना तर्जुमाका असर अभ्यास समेत छलफल गरिएको थियो ।
    कार्यक्रममा अपांगता भएका व्यक्तिले सामना गरेका बिद्यमान चुनौती, अबरोध र समाधानका उपायाबारे पनि प्रस्तुतीकरण गरिएको थियो ।
    उक्त अबसरमा महासंघको गण्डकी प्रदेश अध्यक्ष खोमराज सुवेदी र सहसचिव टिकाराम सापकोटाले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा उपस्थित भएका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले केही काम गरेपनि योजनाबद्द रुपमा गर्न नसकेको भन्दै अभिमुखीकरणले सहजीकरण भएको बताए ।
    पछिल्लो समय स्थानीय तहले अपांगता परिचय पत्र बितरणको काम थालेको छ । यसअघि महिला बिकास कार्यालयबाट बितरण हुने पुरानो मोडलको परिचयपत्र फेरिएको छ । बितरण गर्दा कार्यविधिले अप्ठ्यारो परेको जनप्रतिनिधिले बताए । ‘कार्यविधि अनुसार हेर्दा कतिपय पुराना रातो कार्डपनि फिर्ता गरेर निलो दिनुपर्ने अबस्थाका छन्’ जैमिनीका उपप्रमुख हरिहर शर्माले भने, ‘पहिला शिविरमा जथाभावी दिइएका परिचयपत्रले अपांगता भएका व्यक्तिहरु रिसाएका छन् ।’ कतिपयले राजनीतिक र शक्तीमा भएको कारण नदिएको आरोप लगाएको उनले गुनासो गरे ।
    सुवेदीले भने बिकास निर्माणको काम मात्र नभइ महिला, दलीत र अन्य क्षेत्रको योजना निर्माणमा पनि अपांगता भएकाहरुको अधिकार र पहुँचको ख्याल गर्नुपर्ने धारणा राखेका थिए । ‘पूर्वाधार बनाइयो, तर पहुँचयोग्य हो की हैन भन्ने ख्याल गर्नुपर्छ’ उनले भने, ‘अपांगतामैत्री वातावरण भनेको कुनै अबरोध नआइ काम गर्न सकौं भन्ने हो ।’ प्रविधि प्रयोग देखि सरकारी कार्यालयमा पुग्दा पाउने सम्मान समेतका बिषय अपांगताको चासो भएको उनले बताए । कार्यक्रममा धौलागिरि क्षेत्रका अधिकांस पालिकाका उपप्रमुख, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सहभागि थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend