१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

बागलुङ जेसीजको तालिम अभियान


जनमञ्च संवाददाता
  • १७ फाल्गुन २०७९ , बुधबार

  • बागलुङ जेसीजको तालिम अभियान

    बागलुङ, १७ फागुन– युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीजले बिद्यार्थीका लागि बिभिन्न तालिम संचालन गरेको छ ।
    बागलुङ जेसीजको बर्ष २०२३ को तालिम अभियानअन्र्तगत मंगलबार चिल्डे«न लाइफ बोर्डिङ स्कुलका बिद्यार्थीहरुलाई भविश्यको परिकल्पना सम्वन्धी तालिम दिईएको थियो ।
    कक्षा ११ र १२ का १ सय ५० जना सहभागि बिद्यार्थीलाई बिश्वबिनोद घिमिरेले सहजीकरण गरेका थिए । कार्यक्रम बागलुङ जेसीजको बर्ष २०२३ का अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता र तालिम संयोजक सोनी कार्कीको संचालनमा सम्पन्न भएको थियो ।
    यसअघि सोमबार बिद्यामन्दिर माविका बिद्यार्थीलाई बागलुङ जेसीजका कार्यकारीणी उपाध्यक्ष गणेश महतोले बिद्यार्थीको औचित्यको बिषयमा र धौलागिरि बहुमुखी क्याम्पसका महिला बिद्यार्थीलाई बिश्वबिनोद घिमिरेले आत्मसुरक्षा सम्वन्धी तालिम दिएका थिए ।
    यसैबीच, धौलागिरि बहुमुखी क्याम्पसको बिविएस संकायको आयोजनामा साविक धौलागिरि अञ्चल स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । १० बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा बिद्यामन्दिर मावि बागलुङ प्रथम, चिल्डे«न लाइफ बोर्डिङ स्कुल द्धितीय र नारायण मावि कुश्मा पर्वत तृतीय भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend