१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

यातायातका सेवा सेवाग्राहीमैत्री बनाउन माग


जनमञ्च संवाददाता
  • १७ फाल्गुन २०७९ , बुधबार

  • यातायातका सेवा सेवाग्राहीमैत्री बनाउन माग

    बागलुङ, १६ फागुन– यातायात व्यवस्था कार्यालय बागलुङका सेवाग्राहीमैली बनाउन माग गर्दै व्यवसायी र नागरीकहरुले कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

    अधिबक्ता तिलक बहादुर रिजाल र यातायात व्यवसायी लक्ष्मण क्षेत्रीसहित यातायात व्यवस्था कार्यालय पुगेको समुहले नागरिक तहमा कार्यालयका बिषयमा आएका गुनासाहरुको सम्बोधन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

    उनीहरुले काममा ढिलासुस्ती नगर्न, मनोमानी पञ्जिकरण शुल्क नलिन, कार्यालयमा गैह्र सेवाग्राहीको प्रबेश नदिन, कार्यालय वरपर घेरेर बसेका एजेन्टहरु हटाउन, ठगी नियन्त्रण गर्न, बिनाजाँच दिईने निरोगिताको प्रमणपत्रलाई नियन्त्रण गर्न, निजी सवारीमा यात्रु बोक्न निषेध गर्न, सहायता कक्ष स्थापना गर्न र चारपाङ्ग्रे सवारीको सवारी चालक अनुमति पत्र दिने व्यवस्था मिलाउन लगायतका ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

    ‘नागरिकले असजिलो महशुस गरेका छन्, कार्यालयको ध्यानाकर्षण भएर सुधार हुनेमा हामी ढुक्क छौं’ अधिबक्ता रिजालले भने ‘नागरिकले दुःख पाईराख्ने अबस्थामा हामी चुप लागेर बस्न मिल्दैन् ।’ उनले कार्यालयमा रहेका समस्या तत्काल समाधान गर्न आग्रह गरे ।

    ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख पारसिंह थापाले नागरीकका सायज मागमा आफु गम्भिर रहेको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend