१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

वर्षेनि २५ लाख मेट्रिक टन माटो बाढीमा बिलिन


जनमञ्च संवाददाता
  • १९ फाल्गुन २०७९ , शुक्रबार

  • वर्षेनि २५ लाख मेट्रिक टन माटो बाढीमा बिलिन

    म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा २५ लाखभन्दी बढी माटो भू–क्षयको रुपमा बगेर जाने गरेको उल्लेख छ ।
    खेतीयोग्य र मलिलो माटो बाढीले बगाउँदा कृषि उत्पादनमा असर परेको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले हिमाल आसपास र मुस्ताङमा बढी पानी पर्न थालेपछि म्याग्दीको तटीय क्षेत्रमा बाढीको सतहसँगै कटानको जोखिम बढेको बताए ।
    ‘६१ प्रतिशत ६० डिग्रीभन्दा बढी भिरालो भूगोल रहेको म्याग्दीमा कमजोर भूवनोटले भू–क्षय, बाढीपहिरो तथा नदी कटानले बर्सेनि क्षति हुने क्रम बढेको छ’ मिश्रले भने, ‘भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, जथाभावी सडक निर्माण र बहावमा स्थान परिवर्तन हुँदा जोखिम बढेको हो ।’
    अन्नपूर्ण गाउँपालिकाबाट ८ लाख ५५ हजार १ सय ७३ टन, रघुगंगा गाउँपालिकाबाट तीन लाख ५० हजार चार सय ६८ दशमलव १० टन र बेनी नगरपालिकाबाट ३१ हजार एक सय ३७ टन माटो बाढीले बगाउने गरेको प्रतिवेदनमा उल्लेख छ ।
    अध्ययन प्रतिवेदनका अनुसार मंगला गाउँपालिबाट ३३ हजार चार सय ६६ टन, मालिकाबाट एक लाख तीन हजार दुई सय ३० टन, धौलागिरि गाउँपालिकाबाट ५ लाख ९६ हजार ४ सय दशमलव १० टन र ढोरपाटन शिकार आरक्षको २ लाख ४५ हजार ८ सय ८६ टन माटो विभिन्न खोलानाला हँुदै बगिरहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend