बागलुङ, १९ फागुन– रेश नुन्थला मावि काठेखोला–७ बागलुङले बिबिध कार्यक्रम गर्दै आफ्नो ६७ औं बार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै काठेखोला गाँउपालिकाका अध्यक्ष राजु थापाले पालिकालाई उत्कृष्ट शिक्षाको हब बनाउन विद्यालयको महत्वपुर्ण भुमिका रहेको बताए । थापाले व्यवहारिक शिक्षाका लागि विद्यालयहरुले विशेष ध्यान दिनुपर्ने सुझाव दिँदै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापसँगै सामाजिक शिक्षामा निरन्तर जोड दिन आग्रह गरे ।
कार्यक्रममा काठेखोला गाँउपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछाने, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार डिलबहादुर कार्की, चित्रबहादुर कार्की, मिनबहादुर थापा, काठेखोलाका श्रोतव्यक्ति रामानन्द कंडेल, विद्यार्थी प्रमिशा गौतम लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक ओमबहादुर थापाले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरे । वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रावि तहदेखि मावि तहसम्मका विभिन्न विधाका उत्कुष्ट विद्यार्थीहरु र शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रसाद थापाको अध्यक्षता, सहायक प्रअ भगवती थापाको स्वागत र शिक्षक डिल कार्कीको संचालनमा सम्पन्न भएको थियो ।