१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

महिला हिंसाका ५० निवेदनमध्ये २० यौनजन्य दुव्र्यवहारका


जनमञ्च संवाददाता
  • २० फाल्गुन २०७९ , शनिबार

  • महिला हिंसाका ५० निवेदनमध्ये २० यौनजन्य दुव्र्यवहारका

    बागलुङ, २० फागुन– चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा अल्पकालिन महिला सेवा केन्द्र बागलुङमा हिंसा प्रभावित महिलाका ५० निवेदन दर्ता भएका छन् ।
    आफै सम्पर्कमा आएका २९ र जिल्ला प्रहरी कार्यालयमार्फत आएका २१ गरी ५० निवेदन दर्ता भएको महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख सरस्वतीदेबी रेग्मीले जानकारी दिइन् । ५० घटनामध्ये २० यौनजन्य दुव्र्यवहारका छन् ।
    यस्तै, घरेलुहिंसा १०, सम्बन्ध बिच्छेद ११, आर्थिक हिंसा ५, बहुविवाह १, हाडनाता करणी १, अंशमुद्दा १ र बेवारिसे अवस्थामा १ रहेको छन् । ५० घटनामध्ये अधिकांश बागलुङ नगरपालिकाका रहेका छन् ।
    बागलुङ नगरपालिकाका १३, जैमुनीका ५, गल्कोटका ३, ढोरपाटनका ४, काठेखोला गाउँपालिकाका ७, ताराखोलाका २, बडिगाडका ५, निसीखोलाका ४, तमानखोलाको १ र अन्य जिल्लाका ६ वटा रहेको रेग्मीको भनाई छ ।
    संख्यात्मक रुपमा बागलुङ नगरपालिकाका धेरै उजुरी देखिएपनि अन्य पालिकामा समस्या धेरै रहेको तर जिल्लासम्म नआएको नगर उप–प्रमुख राजु खड्काले बताए । हिंसा पीडित महिलाको पहिचान गरी न्याय दिलाउन सबै सरोकारवाला निकायबीच समन्वय र सहयकार्यमा खड्काको जोड थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend