१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

व्यवहारिक शिक्षाको अभावमा बिदेशीनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ : नेता पौडेल


जनमञ्च संवाददाता
  • २० फाल्गुन २०७९ , शनिबार

  • व्यवहारिक शिक्षाको अभावमा बिदेशीनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ : नेता पौडेल

    बागलुङ, २० फागुन– नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संघिय सांसद प्रदिप पौडेलले वैज्ञानिक र प्रविधीमैत्री शिक्षा आजको आवश्यकता रहेको बताएका छन् ।
    नेपाल शिक्षक संघ बागलुङको नवौं जिल्ला अधिवेशन तथा २२ औं जिल्ला प्रतिनिधिसभाको उद्घाटन गर्दै पौडेलले शिक्षण संस्था बेरोजार उत्पादन गर्ने कारखाना हुन नहुने भन्दै व्यवहारिक शिक्षाको अभावमा बिदेशीनुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको बताए ।
    कार्यक्रममा कांग्रेस बागलुङका सभापति एवम् प्रदेश सांसद जितबहादुर शेरचन, केन्द्रिय सदस्य एवम प्रदेश सांसद चम्पादेवी खड्का, सांसद दिपेन्द्रबहादुर थापा, डिल्लीराम सुवेदी, दिलमाया पौवी, पार्टीका गण्डकी प्रदेश कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, नेपाल शिक्षक संघका केन्द्रिय सदस्य देवेन्द्र खत्री, गण्डकी प्रदेशका महासचिव सागर खरेलले बोलेका थिए ।
    त्यसैगरी, कांग्रेसका जिल्ला सचिव हरिहर शर्मा, गण्डकी थापा अधिकारी, महाधिवेसन प्रतिनिधी भिम श्रीस, क्षेत्रिय सभापति चण्डीप्रसाद शर्मा, नेपाल शिक्षक संघका पूर्व केन्द्रिय सदस्य नारायण शर्मा पौडेल, इन्द्रराज पौडेल, शिक्षक युनियनका पूर्वअध्यक्ष जगन्नाथ आचार्य, शिक्षक महासंघका पूर्वअध्यक्ष गोपालकुमार शर्मा, शिक्षक संघ म्याग्दीका अध्यक्ष नगेन्द्र खत्री, पर्वतका अध्यक्ष यज्ञ बास्तोला, कास्कीका अध्यक्ष रमेश भट्टराई, नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष इश्वर ठाकुर पौडेल, नेविसंघका अध्यक्ष विशेष पराजुली र सेवा निवृत्त शिक्षक चन्द्रसिँह राम्जालीले बोलेका थिए ।
    कार्यक्रम नेपाल शिक्षक संघका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता, महिला उपाध्यक्ष सिता शर्माको स्वागत, सचिव लक्ष्मीकान्त शर्मा र सहसचिव मदनबहादुर कार्कीको संचालनमा सम्पन्न भएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend