१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

वडिगाडको प्रशासनिक भवन निर्माण सकियो


जनमञ्च संवाददाता
  • २१ फाल्गुन २०७९ , आइतबार

  • वडिगाडको प्रशासनिक भवन निर्माण सकियो
    unsf]6, @) kmfu'gM ufpFkflnsf ejg afun'ªsf] al8uf8 ufpFkflnsfdf ? kfFr s/f]8sf] nfutdf lgdf{0f ;DkGg al8uf8 ufpFkflnsfsf] k|zf;lgs ejg . kflnsf ejg :yfgLojf;Ln] Ujflnrf}/sf] vf/ ahf/df lbPsf] !! /f]kgL hUufdf lgdf{0f ePsf] xf] . tl:a/ M v]d/fh uf}td÷/f;;

    बागलुङ, २१ फागुन– बडिगाड गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । स्थानीय तह स्थापनाको ६ वर्षमा बडिगाडले आफ्नै भवन निर्माण गर्न सफल भएको हो ।
    पालिकाको केन्द्रमा पर्ने खार बजारमा प्रशासनिक भवन निर्माण गरिएको हो । एक वर्षअघि ताराखोला गाउँपालिकाले सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको थियो । १० पालिका रहेको बागलुङमा बडिगाड र ताराखोलाले प्रशासनिक भवन निर्माण गरेका छन् ।
    गलकोट र जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ भने ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकाले भने जग्गाको टुंगो लगाउन सकेका छैनन् ।
    बडिगाड गाउँपालिकाको ग्वालीचौरस्थित खार बजारमा स्थानीयले निःशुल्क ११ रोपनी जग्गा प्रदान गरेपछि दुई वर्षअघि प्रशासनिक भवन निर्माण थालिएको थियो । भवन हस्तान्तरणको तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।
    गाउँपालिकाले अहिले भाडाको घरबाट सेवा दिइरहेको छ । भवनमा लिफ्ट, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी लगायतका विशेषता छन् । तीनतले भवनबाट पालिकाले प्रदान गर्ने सेवा तथा आवश्यक शाखा सञ्चालनका लागि सहज हुने गाउँपालिकाले जनाएको छ ।
    १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ५ करोड २२ लाखमा २०७७ साल जेठ १६ गते माउन्टेन कवीन्द्र जेभीसँग निर्माण सम्झौता भएको थियो । कोरोनाका कारण सम्झौताभन्दा एक वर्षपछि भवन निर्माण सम्पन्न भएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend