१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

पर्वतमा मृतकका परिवारसँग वडा कार्यक्रम


जनमञ्च संवाददाता
  • २१ फाल्गुन २०७९ , आइतबार

  • पर्वतमा मृतकका परिवारसँग वडा कार्यक्रम

    पर्वत, २१ फागुन– जिल्लाको कुश्मा नगरपालिका १० नं. वडाले मृतकका परिवारसँग वडा कार्यक्रम सञ्चालनमा ल्याएको छ । विपन्न परिवारमा कुनै सदस्यको मृत्यु भएमा रकम अभावका कारण काजक्रिया गर्न अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
    ‘सरकारी सेवामा रहेका र आर्थिक रूपमा सम्पन्न परिवारबाहेक वडामा मृत्यु भएका प्रत्येक मृतकका परिवारलाई जनही १० हजार दिने गरेका छौ’ वडाध्यक्ष रामचन्द्र सुवेदीले भनो, ‘यस वर्षदेखि सुरु गरेको कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने छौ ।’
    पर्वतमा मृतक परिवारसँग वडाको यो नौलो कार्यक्रम भएको स्थानीय राजु पौडेलले बताए । सामान्य काजक्रियाकै लागि पनि बिपन्न परिवारले ऋण धन गर्नुपर्ने अवस्था अन्त्य गर्न वडाको कार्यक्रमले थोरै भएपनि राहत दिएको उनको भनाई छ ।
    ‘सहयोग रकम धेरै होइन सामान्य हो, तर पनि जनताका प्रतिनिधि आफ्ना नागरिकलाई दुःख परेका बेला सान्त्वना र समवेदना लिई घर–घरमै भेट्न जाने एउटा माध्यम मात्र हो’ अध्यक्ष सुवेदीले भने । मृतकको परिवारले रकम प्राप्त गर्न वडा कार्यालयमा मृत्युदर्ता गर्नुपर्ने हुन्छ । त्यसपछि वडाध्यक्ष सो रकम लिएर मृतकको घरमा पुग्ने गर्दछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend