१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

होली पर्वलाई मर्यादित बनाउन प्रहरीको आव्हान


जनमञ्च संवाददाता
  • २१ फाल्गुन २०७९ , आइतबार

  • होली पर्वलाई मर्यादित बनाउन प्रहरीको आव्हान

    बागलुङ, २१ फागुन– जिल्ला प्रहरी कार्यालय बागलुङले सभ्य, सुरक्षित र मर्यादित भएर फागु पूर्णिमा पर्व मनाउन आव्हान गरेको छ । होली पर्वका नाममा गलत संस्कार बढ्दै गएको भन्दै प्रहरीले सभ्य भएर होली मनाउन आव्हान गरेको हो ।
    जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपिल जारी गर्दै सभ्य एवं सुरक्षित तरिकाले होली पर्व मनाउन आम सर्वसाधारणमा अनुरोध गरेको छ । होली पर्वलाई सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादित बनाउन, होली पर्वको नाममा उश्रृखल क्रियाकलाप नगर्न, अपरिचित मानिसहरुको समुहमा होली नखेल्न प्रहरीले अनुरोध गरेको छ ।
    आत्मिय रुपमा नजिक भएका व्यक्ति र आफन्तसंग मात्र होली खेल्न, कसैको इच्छाविपरित रंग, लोला, कालो मोसो, केमिकल र फोहोरपानी प्रयोग नगर्न, छाला तथा आँखामा असर गर्ने केमिकल रंगको प्रयोग नगर्न, मादक तथा लागुपदार्थ सेवन गरी सवारी साधन नचलाउन समेत प्रहरीले भनेको छ ।
    प्रहरीले नियमविपरित काम गरेमा कानुन बमोजिम सजाय तथा जरिवाना हुने समेत चेतावनी दिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend