बागलुङ, २१ फागुन– नेपाल शिक्षक संघ बागलुङको अध्यक्षमा पुनः उमाकान्त पौडेल सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा सम्पन्न संघको नवौं जिल्ला अधिवेसनले पौडेललाई अध्यक्षमा चयन गरेको होे ।
समितिको महिला उपाध्यक्षमा नीरमा श्रीस, उपाध्यक्षमा सत्यनारायण सिँह, सचिवमा लक्ष्मीकान्त पौडेल शर्मा, सचिव अर्थमा कुलबहादुर घर्ती, सह–सचिवमा मदनबहादुर कार्की, सह–सचिव महिलामा लेखाकुमारी घर्ती, सह–सचिव अर्थमा धनकुमारी भण्डारी, सह–सचिव समावेशीमा बिरबहादुर किसान र तेजेन्द्र घर्ती चयन भएका छन् ।
यस्तै, महिला सदस्यहरुमा रीता केसी, नन्दकुमारी ठकुरी, सम्झना शर्मा र मनोनितमा माया चालिसे, सदस्य खुल्लामा दयाराम खत्री, तिलक आचार्य, प्रेमसागर सापकोटा र महेन्द्र शर्मा रहेका छन् ।
प्रदेश प्रतिनिधीमा महिलातर्फ भाविना गलामी, बिन्दु शर्मा र सुमित्रा शर्मालाई चयन गरिएको छ । प्रदेश प्रतिनिधी खुल्लातर्फ मुक्तिराम शर्मा, ज्ञानेन्द्र गौतम, हर्कमान बुढा, जगबहादुर छन्त्याल ताराबहादुर बिक र बिष्णुबहादुर थापा चयन भएका छन् ।
यसैगरी, संघिय प्रतिनिधीमा महिलातर्फ सीता शर्मा, हुमा रिजाल र कल्पना रिजाललाई चयन गरिएको छभने संघिय प्रतिनिधी खुल्लातर्फ सागर खरेल, डिल्लीराज अर्याल, भीष्म कँडेल, हरिप्रसाद चालिसे र इश्वर ठाकुर पौडेल चयन भएका छन् ।