१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

बागलुङमा साविकाको समन्वयमा ८० सामुदायिक भवन बन्दै


जनमञ्च संवाददाता
  • २३ फाल्गुन २०७९ , मंगलबार

  • बागलुङमा साविकाको समन्वयमा ८० सामुदायिक भवन बन्दै

    बागलुङ, २३ फागुन– जिल्लामा चालु आर्थिक वर्षमा ८० वटा सामुदायिक भवन निर्माण हुने भएका छन् । चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी सामाजिक संघसंस्था, मठमन्दिर तथा विद्यालय भवन निर्माण थालिएको हो ।
    पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सामाजिक विकास कार्यालयको समन्वयमा ती भवन निर्माण थालिएको कार्यालय प्रमुख डम्मरबहादुर जिसीले जानकारी दिए । जिसीका अनुसार ६ करोड ७० लाखको लागतमा भवन निर्माण थालिएको छ ।
    हालसम्म विनियोजितमध्ये ६० भवनको योजना सम्झौता भइसकेको छभने फागुन मसान्तसम्म बाँकी योजना सम्झौताका लागि समय उपलब्ध गराइएको छ । सानो बजेटबाट समुदायको बाक्लो उपस्थिति हुने ठाउँमा योजना छनोट गरिएको जिसीले बताए ।
    प्रदेशमा समाजिक विकास मन्त्रालयले विनियोजन गरेका योजना पालिकाले कार्यान्वयन गर्ने जिसीले जानकारी दिए । बानपामा सबैभन्दा धेरै २१ भवन बनाइँदै छ । दुई करोड १० लाख लागतमा मानवअधिकार, एकल महिला, आमासमूह, सामुदायिक प्रहरीको भवन बन्दैछ । साथै मन्दिर मर्मत र पुनःनिर्माणका योजना पनि छन् ।
    त्यस्तै, बरेङ र तमानखोला गाउँपालिकामा तीन÷तीन भवनका लागि २० लाखका दरले रकम विनियोजन गरिएको छ । तमानखोलामा दुई सामुदायिक भवन र एक मन्दिर निर्माण हुँदैछ भने बरेङमा मन्दिर तथा विद्यालयको पर्खाल निर्माण गरिनेछ ।
    जैमिनीमा ६ योजनाका लागि ४५ लाख, ढोरपाटनमा आठ योजनाका लागि ४५ लाख, गलकोटमा आठ योजनाका लागि ६० लाख, काठेखोलामा १२ योजनाका लागि एक करोड ५२ लाख, ताराखोलामा सात योजनाका लागि ५५ लाख, बडीगाडमा आठ योजनाका लागि ५५ लाख र निसीखोलामा चार योजनाका लागि २५ लाख विनियोजन गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend