१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै


जनमञ्च संवाददाता
  • २३ फाल्गुन २०७९ , मंगलबार

  • सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

    काठमाडौं, २३ फागुन– सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्ने छन् । चर्च र खुमलटारबीचको खेल दिउँसो साढे बजे सुरु हुनेछ ।
    चर्च ब्वाइज लगातार दुई खेल जित्ने योजनामा रहेको छ । पहिलो खेलमा चर्चले पुलिस क्लबलाई हराएको थियो । खुमलटार पनि दोस्रो जितको खोजीमा रहेको छ । खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थियो ।
    यस्तै च्यासल मैदानमा फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । यी दुई टोली पहिलो जितको खोजीमा छन् । फ्रेन्ड्सले पहिलो खेलमा खुमलटारसँग हार व्यहोरेको थियो भने थ्रीस्टार एपीएफ क्लबसँग पराजित भएको थियो ।
    जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend