बागलुङ, २३ फागुन– जिल्लाको काँठेखोला गाउँपालिका–४ तंग्रामस्थित धारा माबिमा सहयोगदाता सम्मान तथा पुस्तक लोकापर्ण कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालयले संचालन गरेको देउसी भैलो कार्यक्रममा सहयोग गर्ने दातालाई सम्मान तथा बिद्यालयका गतिविधी, गाउँको ऐतिहासिक तस्वीर, पर्यटनसंग र कला संस्कृतिसंग सम्बन्धित तस्बिर समावेस गरिएको धारा माविको फोटो संग्रहको लोकापर्ण गरिएको हो ।
१ सय २२ जना सहयोगदाता तथा बिद्यालयमा इन्टरनेट जोड्न सहयोग पु¥याउने मोहन सुनार, जितबहादुर सुनार, भिमबहादुर सुनार र सुशिला सुनारलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तिलक थापा, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्याय, वडा अध्यक्ष लक्ष्मण पुन, पालिकाका प्रवक्ता टिकासंगम बिक, स्रोतव्यक्ति रामानन्द कँडेल, नारायण मावि व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापा, पशुपति प्राविका प्रअ नरबहादुर पुन, चन्द्र प्राविका प्रअ गिरीप्रसाद पुन र गणतन्त्र प्राविका शिक्षक खड्क थापाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका सदस्य बिष्णु कँडेलको अध्यक्षता, प्रअ कमला थापाको स्वागत, शिक्षक तसलीमा पुन, कली थापा र लालमती थापाको संचालनमा सम्पन्न भएको थियो ।