१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

बालिका बलात्कार कसुरमा ७५ वर्षिय वृद्वलाई १२ वर्ष कैद


जनमञ्च संवाददाता
  • २५ फाल्गुन २०७९ , बिहिबार

  • बालिका बलात्कार कसुरमा ७५ वर्षिय वृद्वलाई १२ वर्ष कैद

    बागलुङ, २५ फागुन– १२ वर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको अभियोगमा बागलुङको निसीखोला गाउँपालिकाका ७५ वर्षिय वृद्वलाई १२ वर्ष कैद सजाय भएको छ ।
    जिल्ला न्यायाधीश दिवाकर भट्टको फागुन २३ गतेको अन्तिम आदेशले अभियोग दाबी पुग्ने भन्दै आरोपितलाई कैदसँगै ३० हजार रुपैयाँ क्षतिपूर्ती फैसला गरेको हो ।
    बागलुङको निसीखोलाका एक वृद्वले ०७८ चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
    प्रहरीले आरोपितविरुद्ध ०७९ असार २३ गते जिल्ला अदालत बागलुङमा जर्बजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो । आरोपित अदालतको ०७९ असार २३ गतेको आदेशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेको इजालाश अधिकृत गंगाधर सापकोटाले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend