बागलुङ, २८ फागुन– रोट्रयाक्ट क्लब अफ बागलुङले बिभिन्न कार्यक्रममा साथ रोट्रयाक्ट सप्ताह मनाउन शुरु गरेको छ । क्लबले यसबर्ष ‘७ दिन सात ८ क्षेत्र’ भन्ने नाराका साथ बिभिन्न रचनात्मक कार्यक्रम सप्ताह मनाउन लागेको हो ।
कार्यक्रमको पहिलो दिन क्लबले राष्ट्रिय रुपमा संचालन गरेको स्व. सचिनकुमार श्रेष्ठको स्मृतिमा रोट्रयाक्ट क्लव अफ बागलुङ र पर्वतको सहकार्यमा रक्तदान कार्यक्रम गरी सप्ताहको शुभारम्भ गरेको जनाएको छ ।
कार्यक्रममा बोल्दै रोट्रयाक्ट जोन १७ का जेडआरआर ताराप्रसाद शर्माले रोट्रयाक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव सचिनकुमार श्रेष्ठको रोटरीको कार्यक्रममा भारतको कलकत्ता जाने क्रममा बिरगञ्चमा भएको बस दुर्घटनामा परि निधन भएको स्मृतिमा देशव्यापी रुपमा रक्तदान गरिएको जानकारी दिए ।
रक्त संचार केन्द्रको प्रावधिक सहयोगमा सम्पन्न कार्यक्रममा २६ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक रेखा घर्तीले बताईन् । कार्यक्रम रोट्रयाक्ट क्लब अफ बागलुङका अध्यक्ष झोकेन्द्र थापा मगरको अध्यक्षता, मुल संयोजक सुस्मीता केसीको स्वागत र कार्यक्रम संयोजक रेखा घर्तीको संचालनमा सम्पन्न भएको थियो ।