बागलुङ, २८ फागुन– धौलागिरि कालीका यातायात प्रालिको चौथो बार्षिक साधारणसभा तथा अधिवेसन शनिबारदेखि शुरु भएको छ ।
अधिवेसनको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले यातायात क्षेत्रलाई मर्यादित बनाएर आम नागरिकको मन जिन्नुपर्ने बताए । उनले यातायात क्षेत्र भरपर्दो र सुरक्षित छ भन्ने भएमा आम नागरिकले सार्वजनिक यातायातलाई नै विश्वास गर्ने पनि बताए । पछिल्लो समय रातो प्लेटप्रति बढेको आर्कषण समेत घटेर सार्वजनिक यातायातमा चाहना बढ्ने उनको भनाई थियो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष सुरज बोसेल, व्यवसायी उमेश केसी, नेपाल पत्रकार महासंघका कार्यवहाक अध्यक्ष नविन शिशिर बिक, व्यवसायी हरिबहादुर जिसी, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य शशिकपुर श्रेष्ठ लगायतले बोलेका थिए ।
प्रालिका अध्यक्ष बिष्णुप्रसाद अधिकारीको अध्यक्षता, महासचिव दिनेश बोहराको संचालनमा सम्पन्न कार्यक्रममा महासचिव बोहोराले प्रगती प्रतिवेदन पेश गरेका थिए । हाल बागलुङमा प्रालिमा आवद्ध २ सय १ व्यवसायी र जिप रहेका छन् ।