१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

ज्येष्ठ नागरिक भवन निर्माणमा बेवास्ता


जनमञ्च संवाददाता
  • १ चैत्र २०७९ , बुधबार

  • ज्येष्ठ नागरिक भवन निर्माणमा बेवास्ता

    पर्वत, १ चैत्र– कुश्मा नगपालिका वडा नं. ३ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन चार वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन । ठेकेदारको लापरबाही र भवन निर्माणमा छुट्याइएको रकम समयमा खर्च नहुँदा निर्माणमा ढिलाइ भएको हो ।
    ज्येष्ठ नागरिकहरू एक ठाउँमा जम्मा भएर मनका कुराहरू साटासाट गर्न सकून् भन्ने उद्देश्यले चार करोड ३४ लाख ९० हजारको लागतमा निर्माणाधीन भवनको एक तला, त्यो पनि ढलान र पिलर उठाउने काम मात्र भएको छ ।
    २०७८÷७९ मा नेपाल सरकारको अनुदानस्वरुप १ करोड ६६ लाखको बजेटमा बोलपत्रदाता मल्ल कन्स्ट्रक्सनले ३३.८२ प्रतिशत कम कबोल गरी एक करोड १५ लाख ७३ हजार चार सय २६ मा कुश्मा नगरपालिकासँग सम्झौता गरेका थियो ।
    ‘मल्ल कन्स्ट्रक्सनले सम्झौता अनुसारको काम गर्न नसकेपछि निर्माण समितिबाट गुनासा धेरै आए’ नगरपालिकाका इन्जिनियर शिवराज बरालले भने ‘तर कात्तिक मसान्तसम्ममा मल्ल कन्स्ट्रक्सनलाई ३४ लाख २४ हजार आठ सयको रनिङ बिल भुक्तानी ग¥यौँ ।’
    दुई तलाको तीन सय २७ वर्ग फिटमा निर्माणाधीन भवनको काम सम्पन्न नहुनमा कुश्मा नगरपालिका पनि दोषी रहेको वडा नं. ३ का पूर्ववडा अध्यक्ष सुवासचन्द्र पौडेल बताउँछन् । ‘बजेट आएपनि समयमै टेन्डर आव्हान नगर्दा बजेट फ्रिज हुने निश्चित छ’ पौडेलले भने ।
    नेपाल सरकारले भवन निर्माणका लागि यसवर्ष पनि १ करोड ८० लाख बजेट छुट्याएको छ । टेन्डर आह्वानको काम सकेर ठेक्का पनि लागिसकेको नगरपालिकाका सूचना अधिकारी धुव्रराज पौडेलले बताए । पौडेलका अनुसार २३.९७ प्रतिशत कम भएको र बोलपत्रदाता वास्तु बिल्डर्सले ठेक्का पारेर काम गर्न सुरुआत गरिसकेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend