१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

क्षेत्री समाज बागलुङको अध्यक्षमा महत चयन


जनमञ्च संवाददाता
  • ६ चैत्र २०७९ , सोमबार

  • क्षेत्री समाज बागलुङको अध्यक्षमा महत चयन

    बागलुङ, ६ चैत्र– क्षेत्री समाज बागलुङको १५ औं वार्षिक साधारणसभा तथा पाचौ अधिवेशनबाट रुद्रबहादुर महतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
    समितिको वरिष्ठ उपाध्यक्षमा शिवकला थापा, महिला उपाध्यक्षमा मिना चोखाल, उपाध्यक्षमा डिलबहादुर कार्की र राधिका कुवर केसी तथा महासचिवमा कविराज क्षेत्री चयन भएका छन् ।
    प्रत्येक पालिकाबाट एक÷एक जना सचिव चयन हुने व्यवस्था अनुसार बागलुङ नगरपालिकाबाट मञ्जुमाया क्षेत्री, गलकोट नगरपालिकाबाट गणेशबहादुर खत्री, काठेखोला गाउँपालिकाबाट विश्व गौतम क्षेत्री र ताराखोला गाउँपालिकाबाट कर्णबहादुर भण्डारी चयन भएका छन् ।
    यस्तै, कार्यसमितिका सदस्यहरुमा जमुना खत्री, मनोज कुमार क्षेत्री, उजेली खत्री, टिकाबहादुर कार्की, रेणु केसी हमाल, माया क्षेत्री बस्नेत, डिलबहादुर बस्नेत, माया चालिसे, हिमबहादुर खड्का र शिला भण्डारी चयन भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend