बागलुङ, ७ चैत्र– रक्तिम साँस्कृतिक अभियान बागलुङको प्रथम नगर भेला सम्पन्न भएको छ । भेलाले भक्त बिकको अध्यक्षतामा ९ सदस्यीय बागलुङ नगरपालिकाको नगर समिति गठन गरेको हो । समितिको सचिवमा समिर रोका, कोषाध्यक्षमा सम्झना भण्डारी, सदस्यहरुमा झरना बिश्वकर्मा, अमृत कुँवर, जीवन श्रीस, तारा थापा र रेखा शर्मा रहेका छन् ।
समितिको सल्लाहकारमा दिलेन्द्र बुढा मगर र पवित्रा विक रहेका छन् । भेलामा रक्तिम साँस्कृतिक अभियान बागलुङका सचिव कुलबहादुर छन्त्यालले बैसाख १, २ र ३ गते बुटवलमा हुने राष्ट्रिय सम्मेलनलाई लक्षित भेला तथा सम्मेलनलाई तिव्र पारिएको बताए ।
भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार टेकबहादुर आरसी, अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मी बाँस्कोटा र जातिय समता समाजका जिल्ला सल्लाहकार पवित्रा बिकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेला सम्झना भण्डारीको अध्यक्षता, दिलेन्द्र बुढा मगरको स्वागत र दिपेन्द्र पौडेलको संचालनमा सम्पन्न भएको थियो ।