२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

मिलनचोक सल्यान घाहाखेत–धारापानी–ठोट्नेरी सडक अलपत्र


जनमञ्च संवाददाता
  • ९ चैत्र २०७९ , बिहिबार

  • मिलनचोक सल्यान घाहाखेत–धारापानी–ठोट्नेरी सडक अलपत्र

    प्रतिकात्मक तस्बिर

    पर्वत, ९ चैत्र– गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत पर्वतमा सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भएको छ । उक्त योजना दुई वर्षदेखि निर्माणाधिन अवस्थामा छ ।
    जलजला गाउँपालिकाअन्तर्गत मिलनचोकबाट सल्यान घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक हालसम्म अधुरै छ । ठेकेदार कम्पनीले समयमा काम नगर्दा सम्झौता अवधि सकिएको १८ महिना नाघिसक्दासमेत कामले निरन्तरता पाउन नसकेको हो ।
    सडक कालोपत्रेको शिलान्यासपछि केही काम भएपनि विगत दुई वर्षदेखि ठेकेदार कम्पनी हिमदुङ एण्ड थोकर निर्माण सेवा सम्पर्कविहीन बनेको छ । कम्पनीले २०७६ मंसिरमा २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्रेको जिम्मा लिएको थियो ।
    गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक आयोजनाअन्तर्गतको सो सडक २०७८ मंसिरमा निर्माण सम्पन्न गर्ने सम्झौतामा थियो । म्याद थप गरेर असारसम्मको सम्झौता कायम गरिए पनि अहिलेसम्म काम सुरु नभएपछि स्थानीयवासीले विरोध जनाएका छन् ।
    ‘अहिलेसम्म काम गर्ने सुरसार छैन’ स्थानीय राजु आचार्यले भने, ‘व्यवसायीलाई सम्पर्कमै ल्याउन सकिएको छैन । काम अघि बढाउन पूर्वाधार विकास कार्यालय र भौतिक योजना तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए पनि सुनुवाइ भएको छैन ।’
    गाउँपालिका अध्यक्ष राजु आचार्यले पालिकाले पटक–पटक आग्रह गर्दासमेत ठेकेदार कम्पनी सम्पर्कमा नआएको बताए । सडक निर्माणलाई अधुरो बनाएर छाडिएकाले बस्तीमा पहिरोको समेत जोखिम बढेको अध्यक्ष आचार्यको भनाई छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend