बागलुङ, ११ चैत्र– नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत बागलुङ नगरपालिका–८ सिगानामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सिगानामा एमालेको संगठन विस्तार, सदस्यता नविकरण तथा एमालेको वैचारिक सिद्धान्तलाई घर–घरमा पु¥याउन आवश्यक रहेको सअभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश कमिटि सदस्य लिला रानाले ग्रासरुट अभियानमार्फत पार्टीका सम्पूर्ण कमिटि र जनसंगठनहरुको वैठक, भेलालगायत रचनात्मक क्रियाकलापलाई महत्वपूर्ण ढंगले अघि बढाउन सहयोग पुगेको बताए ।
एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले ग्रासरुटमार्फत एमाले झनै बलियो र सशक्त भएर आएको दाबी गरेका थिए । कार्यक्रममा एमाले जिल्ला कमिटिका सचिवालय सदस्य प्रेम लामिछाने, जिल्ला सदस्य जितबहादुर क्षत्री राजन, जिल्ला सदस्य भावना खड्का र बागलुङ नगर कमिटि सचिव रामकृष्ण शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेकपा एमाले सिगाना गाउँ कमिटिका उपाध्यक्ष जगत जिसीको अध्यक्षता, गाउँ कमिटि सचिवालय सदस्य गोविन्द प्रसाद गौतमको स्वागत तथा सचिव अर्जुन खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।