१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

गलकोटको ६२५ रोपनी बाँझो जमिनमा ओखर खेती


जनमञ्च संवाददाता
  • १२ चैत्र २०७९ , आइतबार

  • गलकोटको ६२५ रोपनी बाँझो जमिनमा ओखर खेती

    प्रतिकात्मक तस्बिर

    बागलुङ, १२ चैत्र– जिल्लाको गलकोट नगरपालिकाले बाँझो जमिन सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न नवप्रवद्र्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ ।
    गण्डकी प्रदेशमा नवप्रवद्र्वन कोषमार्फत गलकोटसहित तीन पालिकामा यो कार्यक्रम लागू भएको छ । जनताको आर्थिक विकासमा टेवा पु¥याउने र बाँझो जमिनलाई सदुपयोग गर्ने नीतिका साथ संघ र गलकोट नगरपालिकाको साझेदारीमा ओखर खेती थालिएको हो ।
    चालु आर्थिक वर्षमा २ करोड २० लाखको लागतमा ६ सय २५ रोपनी जग्गामा १० हजार ओखरका बिरुवा लगाउने योजनाअनुसार काम भइरहेकोे नगरप्रमुख भरत शर्मा गेरैले जानकारी दिए । ओखर खेतीमा चालु आर्थिक वर्षमा २ करोड र आगामी चार आर्थिक वर्षमा २ करोड गरी ४ करोड रुपैयाँ खर्च हुनेछ ।
    यसवर्ष २ करोड २० लाख लागतमा खाडल तयार, बिरुवा खरिद र सिँचाइ सुविधाका लागि पूर्वाधार निर्माण हुनेछ भने चार आर्थिक वर्षमा पुनः २ लाख खर्च गरी ओखर उत्पादनको चरणमा पुगेपछि स्थानीयलाई हस्तान्तरण गरिने छ ।
    चालु आर्थिक वर्षमा १ करोड ४० लाख संघीय सरकार, गलकोट नगरपालिकाको ६० लाख र किसानको २० लाख सहकार्य हुने कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताए । दुदिलाभाटीको पात्लेखर्क, डाँडाखेतदेखि निलुवा, पाण्डवखानीको रमुवामा छ सय २५ रोपनी जमिनमा १० हजार ओखरका बिरुवा लगाइनेछ ।
    ‘६ सय २५ रोपनी जमिनमध्ये ५ सय रोपनी जग्गा बाँझो रहेको अध्ययनले देखाएको छ, बाँझो जग्गा सदुपयोग र किसानको आर्थिक विकासका लागि ओखर खेती हुने सम्भावना देखिएपछि धमाधम काम भइरहेको छ’ कृषि शाखा प्रमुख सुवेदीले भने ।
    सुवेदीका अनुसार, दुदीलाभाटीमा चार हजार चार सय, चमुवामा चार हजार ६ सय र पाण्डवखानी तीन हजार ओखरका बिरुवा लगाइने छ । ओखर खेतीका लागि आवश्यक सिँचाइ गर्न प्लाष्टिक पोखरी निर्माण र पाइप जडानको काम भइरहेको दुदिलाभाटी व्यावसायिक ओखर समूहका अध्यक्ष मीनबहादुर मगरले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend