१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

डिएमसीको स्ववियू चुनाव विवाद उच्च अदालतसम्म


जनमञ्च संवाददाता
  • १२ चैत्र २०७९ , आइतबार

  • डिएमसीको स्ववियू चुनाव विवाद उच्च अदालतसम्म
    जिल्ला अदालत बागलुङ: तस्वीर/जनमञ्च

    बागलुङ, १२ चैत्र– बिद्यार्थी संगठनबिचको असहमतीकाबिच धौलागिरि बहुमुखी क्यापस (डिएमसी)मा स्ववियु निर्वाचन घोषणा गरिएको भन्दै केहि बिद्यार्थी संगठनले उच्च अदालत पोखरा बागलुङ इजलासमा रिट निवेदन दिएका छन् ।
    त्रिभुवन विश्व विद्यालयले चैत ५ गतेको लागि तय गरेको निर्वाचन मितिमा निर्वाचन हुन नसकेपछि पुनः क्याम्पस प्रशासन र नेविसंघ सहित केहि बिद्यार्थी संगठनको सहमतीमा चैत १८ गते निर्वाचन गर्ने निर्णय भएपछि अनेरास्ववियु, अखिल क्रान्तिकारी सहितका बिद्यार्थी संगठनले उच्च अदालत पोखरा बागलुङ इजलासमा रिट निवेदन दिएका हुन् ।
    चैत ५ गते निर्वाचन नभएका क्याम्पसमा त्रिभुवन विश्व बिद्यालयले चैत १२ गतेसम्म निर्वाचन गराउन निर्देशन गरेपनि धौलागिरि बहुमुखी क्याम्पस प्रशासन र नेविसंघसहित ६ बिद्यार्थी संगठनले अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित ५ बिद्यार्थी संगठनको असहमतीका बावजुत निर्वाचन घोषणा गरेको भन्दै रिट निवेदन दिएको अखिल क्रान्तिकारीका गण्डकी प्रदेश उपाध्यक्ष जिवन शर्माले जानकारी दिए । ५ बिद्यार्थी संगठनले क्याम्पस प्रशासनलाई बिपक्ष बनाई निवेदन दिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend