१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

चैत्राष्टमी मेलामा ३ लाख राशीको कालिका कप पुरुष भलिबल


जनमञ्च संवाददाता
  • १२ चैत्र २०७९ , आइतबार

  • चैत्राष्टमी मेलामा ३ लाख राशीको कालिका कप पुरुष भलिबल

    बागलुङ, १२ चैत्र– बागलुङमा चैत्राष्टमी मेलाको आवसरमा तीन लाख पुरस्कार राशीको पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
    कालिका भगवति गुठी व्यवस्थापन समिति बागलुङले आयोजना गरेको चैत्राष्टमी मेलाको अवसरमा बिभिन्न कार्यक्रमसहित आयोजना गरिएको पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले ३ लाख पुरस्कार प्राप्त गर्ने छ ।
    प्रतियोगितामा द्धितीय हुनेले १ लाख ५० हजार, तृतीय हुनेले ७० हजार प्राप्त गर्ने गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ नगद प्रदान गरिने खड्काले जानकारी दिए । भलिबल प्रतियोगिता चैत १३ गते बिहान ८ बजेदेखि शुरु हुने छ ।
    यसैगरी मेलाको अवसरमा आयोजना गरिने राष्ट्रिय लोकदोहारी गीत प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख ५० हजार रुपैयाँ रहेको छ । द्धितीय हुनेले १ लाख रुपैयाँ, तृतीय हुनेले ७० हजार रुपैयाँ, सान्तवना हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
    सर्वोत्कृष्ट गायनलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने भएको छभने छेलो प्रतियोगितामा प्रथम हुनेले १५ हजार र द्धितीय हुनेले ७ हजार ५ सय पाउने भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend